आर्थिक

बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

By खबरहब

April 08, 2021

काठमाडौँ- नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

बुधबारको तुलनामा आज छापावाल सुन तोलामा एक हजार रूपैयाँले वृद्धि भइ ८९ हजार रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजाबी सुन आज ८८ हजार ५५० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

चाँदीको मूल्य पनि आज बढेको छ । चाँदी आज १५ रूपैयाँले बढेर १२६० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।