फाइल फोटो

अन्तर्राष्ट्रिय

भारतमा थप २१ हजार ४६३ जनामा संक्रमण

By खबरहब

October 08, 2021

काठमाडौँ– भारतमा पछिल्लो २४ घण्टामा २१ हजार ४६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ३९ लाख १४ हजार ४६५ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा २ लाख ४६ हजार ६६८ जना सक्रिय संक्रमित छन् ।

यस्तै त्यहाँ एकैदिन २७७ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ५० हजार १६० पुगेको छ ।