आर्थिक

आज कतिमा हुँदैछ सुनको कारोबार ?

By खबरहब

October 08, 2021

काठमाडौँ– नेपाली बजारमा आज छापावाल सुन प्रतितोला ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको मूल्य प्रतितोला ९० हजार १५० रुपैयाँ कायम भएको छ ।

त्यस्तै आज चाँदी प्रति तोला १ हजार १७० रुपैयाँमा कारोबार भइरहेको छ ।