राजनीति

राष्ट्रपति भेट्न शीतलनिवास पुगे प्रधानमन्त्री देउवा

By खबरहब

October 08, 2021

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन् ।

प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद विस्तार गर्ने योजनासहित राष्ट्रपतिलाई भेट्न पुगेको बताइएको छ । यता राष्ट्रपति कार्यालयले भने यो नियमित भेट भनेको छ ।

राष्ट्रपति भण्डारीका सञ्चारविज्ञ टीका ढकालका अनुसार प्रधानमन्त्री देउवा राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगेका हुन् । उनले यो भेटलाई नियमित भएको जानकारी दिए ।