राजनीति

प्रचण्ड र चिनियाँ राजदूतबीच भेटवार्ता

By खबरहब

October 08, 2021

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ ।

प्रचण्डलाई भेट्न राजदूत यान्छी बिहान ९ बजे खुमलटार पुगेकी थिइन । उनीहरुबीच करिब डेढ घण्टा कुराकानी भएको थियो ।

नेपाल चीन सीमा विवाद भएको समाचार सार्वजनिक भइरहेका बेला राजदूत यान्छीले शिष्टाचार भेटवार्तालाई तीव्र बनाएकी छन् । यसअघि उनले मुख्यसचिव, सेनापति, कानून मन्त्रीलगायतसङ्ग भेटिसकेकी छन् ।