क्रिकेट

ईपीएल उपाधि भिडन्त भोलि, चितवन र पोखरा भिड्ने

By खबरहब

October 08, 2021

काठमाडौँ- एभरेष्ट प्रिमियर लिग (ईपीएल) चौथो संस्करणको फाइनलमा शनिबार चितवन टाइगर्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुँदैछ।

दुवै टोली ईपीएलमा पहिलो पटक फाइनलमा पुगेका हुन् । चितवनका कप्तान सोमपाल कामी र पोखरा राइनोजका कप्तान विनोद भण्डारी दुवैले पहिलो पटक ईपीएल फाइनल खेल्न लागेका हुन् ।

दुवै टोलीका कप्तानले फाइनलमा राम्रो प्रदर्शन गर्दै उपाधि जित्ने बताएका छन् ।

शुक्रबार आयोजित प्री म्याच कन्फ्रेन्समा पोखराका कप्तान विनोद भण्डारीले फाइनल भनेर धेरै सोच्न आवश्यक नरहेको बताए । फाइनल पुग्ने दुवै टोली राम्रो भएको उनले बताए । त्यस्तै चितवनका कप्तान सोमपालले फाइनल अवसर रहेको बताए ।

चितवन लिगमा ५ खेलमा जित र १ मा हार सहित शीर्षस्थानमा रहँदै क्वालिफायर खेलेको थियो । पोखरा ५ खेलमा ३ मा जित र १ मा हार सहित ७ अंकका साथ दोस्रो स्थानमा रहँदै क्वालिफायर खेलेको थियो । इपिएलको विजेताले ५० लाख र उप विजेताले १५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।