राजनीति

गठबन्धन सरकार देश र जनता लुट्न बनेको एमाले नेता बस्नेतको आरोप

By खबरहब

October 08, 2021

काठमाडौँ- नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री महेश बस्नेतले अहिलेका गठबन्धन सरकार देश र जनता लुट्न बनेको आरोप लगाएका छन् ।

शुक्रबार रुपन्देहीको शुद्धोधन गाउँपालिकामा भएको राष्ट्रिय युवा संघ नेपालको शुद्धोधन गाउँपालिका स्तरीय दास्रो युवा भेलालाई सम्बोधन गर्दै बस्नेतले अपवित्र रुपमा खडा भएको यो सरकारले जनतालाई असन्तुष्टि र असफलता मात्र प्रवाह गरिरहेको बताए । उनले वर्तमान सरकार सरकार लामो समयसम्म नटिक्ने बताए ।

उनले भोटका लागी झूटा आश्वासन दिने, मतदाताहरुलाई विभिन्न प्रलोभनमा पार्ने तर चुनाव जितेर गएपछि जनताको बीचमा गरेका प्रतिबद्धता पुरा नगर्ने पार्टी कांगे्रस भएको आरोप लगाए ।

नेता बस्नेतले माधव नेपाल र प्रचण्ड कम्युनिष्ट नभएको जिकिर गर्दै उनीहरु कम्युनिष्टको आवरणमा जनतालाई शोषण गर्ने शक्तिको मतियार भएको आरोप लगाए ।