काठमाडौँ- नपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)बाट सहरी विकास मन्त्री बनेकी रामकुमारी झाँक्रीले सिंहदरबारस्थित मन्त्रालयमा पुगेर कार्यभार सम्हालेकी छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा मन्त्रीपदको शपथ लिएलगत्तै मन्त्रिपरिषद् बैठकमा सहभागी भइ उनले सहरी विकास मन्त्रालयको पदभार ग्रहण गरेकी हुन् ।
पदभारपछि आयोजित कार्यक्रममा मन्त्री झाँक्रीले सहरी विकासको क्षेत्रमा देखिएका नितिगत समस्याहरु समाधान गर्ने बताइन् । उनले शहरीकरणलाई व्यवस्थित गर्न अहिलेको अवस्थाका विकासका योजनाहरुलाइ परिवर्तन गर्नुपर्ने धारणा राखे ।
शहरी विकासको अवधारणालाई एकीकृत रुपमा अघि बढाउनुपर्ने उहाको भनाई छ । मन्त्रालयका कर्मचारी तथा सचिवले झाँक्रीलाई स्वागत तथा बधाई दिएका छन् ।