कञ्चनपुर- महाकाली नदीमा दुई दिन अघि नुहाउने क्रममा बेपत्ता भएका भीमदत्त नगरपालिका–१२ ऐरीका २२ वर्षीय सुनिल विष्टको शव प्रहरीले आज फेला पारेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार विष्टको शव झोलुङ्गे पुल नजिक फेला परेको हो । बुधबार साथीसँगै महाकालीमा नुहाउन गएका विष्ट नदीमा बगेर बेपत्ता भएका थिए । प्रहरीले भने विष्ट नदीमा बगेर वेपत्ता भएको जानकारी बिहीबार मात्रै पाएको थियो ।
नदीमा बगेर बेपत्ता भएको जानकारी पाइएपछि प्रहरी र स्थानीय बासिन्दाले खोजी गर्दा शुक्रबार शव फेला पारिएको हो । विष्टसँगै गएका प्रेम भट्टलाई प्रहरीले सोधपूछका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।