राजनीति

‘परमादेश’ लेनदेनको आधारमा भएको प्रमाणित भयो : कमल थापा

By खबरहब

October 08, 2021

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले सरकारमा गैर सांसदको सहभागिताले ‘परमादेश’ लेनदेनको आधारमा भएको प्रमाणित भएको आरोप लगाएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा लेख्दै उनले यसरी मन्त्री नियुक्त हुँदा न्यायपालिकाको विश्वसनीयतामा अपुरणीय क्षति भएको जनाएका छन् ।

उनले  मन्त्रिपरिषदमा  गजेन्द्र हमालको नियुक्तिलाई लिएर टिप्पणी गर्दै थापाले यसले कानूनी राज्यको अवधारण र लोकतन्त्रको चिरहरण भएको बताएका छन् ।

अध्यक्ष थापाले लेखेका छन्, ‘वर्तमान गठबन्धन मन्त्रिपरिषदमा एक ‘गैरसांसद’को सहभागिताले ‘परमादेश’ लेनदेनको आधारमा भएको प्रमाणित भएको छ ।  न्यायपालिकाको विश्वसनीयतामा अपुरणीय क्षति भयो । कानूनी राज्यको अवधारणा र लोकतन्त्रको चिरहरण भएको छ । गठबन्धन नाङ्गो भएको छ । प्रधानन्यायाधीशले पदमा रहने नैतिकता गुमाउनुभयो ।’