राजनीति

उद्योग मन्त्रीको कार्यभार सम्हाल्दै हमालले भने : बन्द उद्योग सञ्चालनका लागि पहल हुन्छ

By खबरहब

October 08, 2021

काठमाडौँ- नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले आफूले कांग्रेससँग आवद्ध भएर धेरै काम गरेको बताएका छन् ।

हमालले मन्त्रालयमा कार्यभार सम्हाल्दै उहाले पारिवारिक नाता सबैको हुने प्रतिक्रिया दिदै आफू कांग्रेससंग आवद्ध भएर धेरै काम गरेको बताएका हुन् । उनले आफ्नो अनुभवका आधारमा कार्यसम्पादन गर्ने बताए । उनले मन्त्रालयलाई अघि बढाउनका लागि सबैलाई साथ लिएर अघि बढाउने जिकिर गरे ।

उनले बन्द रहेका उद्योगहरुलाई सञ्चालन गर्न छलफल गर्ने धारणा राखे ।

शितलनिवासमा राष्ट्रपतिबाट शपथ लिएपछि मन्त्रिपरिषद् बैठकमा सहभागी भएर मन्त्री हमाल मन्त्रालयमा पुगेका थिए । उनको सपथलाई लिएर प्रधानन्याधिशसँग जोडेर विभिन्न टिका टिप्णी भएको थियो ।