देश/प्रदेश

यस वर्ष पनि पूर्वराजा शाहले दशैंमा सर्वसाधारणलाई टीका नलगाउने

By खबरहब

October 08, 2021

काठमाडौँ- पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको दशैंमा आफ्ना सुभेच्छुक तथा सर्वसाधारणलाई टीका नलगाउने भएका छन्।

कोरोना भाइरसबाट उत्पन्न असहज परस्थितिका कारण पूर्वराजा शाहले सर्वसाधारणलाई टीका नलगाउने उनका सञ्चार सहयोग फणि पाठकले जानकारी दिए।

पूर्वराजा शाहले महाअष्ठमीका दिन विभिन्न शक्तिपीठहरुको दर्शन गर्ने कार्यक्रम पनि नहुने पाठकले जानकारी दिए।

कोरोना महामारीका कारण पूर्व राजा शाहले गत वर्ष पनि सर्वराधरणलाई टीका लगाएका थिएनन् ।