समाचार

आज कुन उमेर समूहमा कति कोरोना संक्रमित थपिए ?

By खबरहब

October 08, 2021

काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै २१ देखि ३० उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ देखि ३० वर्ष उमेर समूहका सबैभन्दा धेरै १७४ जनामा कोरोना पुष्टि भएको छ । यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण :

०–१० वर्ष – २०

११–२० वर्ष – ५०

२१–३० वर्ष – १७४

३१–४० वर्ष – १४६

४१–५० वर्ष – १२९

५१–६० वर्ष – १०३

६१–७० वर्ष –५०

७१–८० वर्ष – २८

८० वर्षभन्दा माथि – १२

अज्ञात–३