kmf]6f] SofK;g M dGqL cfn] kbef/ u|x0f M sf7df08f}F, @@ c;f]h M ;f+:s[tL ko{6g tyf gful/s p8og dGqL k|]daxfb'/ cfn] cfh z'qmaf/ cfˆgf] kbef/ u|x0f ug'{ x'Fb} . t:jL/ M ljdnaxfb'/ lji6÷ /f;;

पर्यटन

पर्यटन क्षेत्रको दिगो विकासका लागि प्रभावकारी काम गर्छु : पर्यटनमन्त्री

By खबरहब

October 08, 2021

काठमाडौँ- नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पर्यटन क्षेत्रको दिगो विकासका लागि प्रभावकारी रुपमा योजना तथा कार्यक्रम अघि बढाउने बताएका छन् ।

सिंहदरबारमा आज पदबहाली गर्दै मन्त्री आलेले प्राकृतिक सुन्दरताले भरिपूर्ण नेपालको सम्पदा र संस्कृतिको जगेर्ना गर्दै पर्यटन प्रवर्द्धनमा जुट्ने बताए । पर्यटनमन्त्री आलेले नेपाललाई विश्वकै पर्यटनको आकर्षक गन्तव्यको रुपमा विकास गर्न खरो रुपमा उत्रनुपर्ने खाँचो औँल्याए ।

मन्त्रालयअन्तर्गत नेपाल प्रज्ञा प्रतिष्ठान, पशुपति क्षेत्र विकास कोष, लुम्बिनी विकास कोषलगायतलाई प्रभावकारी बनाइने तथा नेपाल पर्यटन बोर्ड र राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) लाई सुदृढ गरिने उनको भनाइ छ । आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड दिइनुका साथै आन्तरिक र अन्तरराष्ट्रिय विमानस्थललाई सुदृढ र प्रभावकारी रुपमा सञ्चालन गरिने मन्त्री आलेले विश्वास व्यक्त गरे ।

पर्यटनमन्त्री आलेले भैरहवामा निर्माणधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको यथाशीघ्र सञ्चालन गर्ने प्रतिवद्धता जनाए । उनले धनगढी विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थलको रुपमा विकास गर्न आवश्यक प्रक्रिया अघि बढाइने पनि जानकारी दिए ।

पर्यटनमन्त्री आलेले नेपाल वायुसेवा निगमलाई सबल र प्रभावकारी बनाउने बताउँदै यसको सेवालाई जनमुखी बनाउन पहल गरिने बताए । आले वन तथा वातावरण मन्त्रीको जिम्मेवारी सम्हालिसकेका नव नियुक्त पर्यटनमन्त्री आले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को नेता हुन् ।

उनी गत निर्वाचनमा डोटीबाट प्रत्यक्ष निर्वाचित भएका हुन् ।

पर्यटन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले मन्त्रालय र अन्तर्गतका निकायको काम कारबाहीलाई प्रभावकारी र परिणाममुखी बनाउन मन्त्रीलाई सहयोग गर्ने प्रतिबद्धता जना‍ए । पदबहालीपछि आयोजित स्वागत कार्यक्रमा मन्त्रालयअन्तर्गतका निकायका प्रमुख तथा प्रतिनिधिको उपस्थिति थियो ।