राजनीति

एमाले नेतृ चौधरीको टिप्पणी : पार्टी फुटाएर मन्त्री हुने रहर पूरा गर्नेलाई बधाई, थारु समुदाय निल !

By खबरहब

October 08, 2021

काठमाडौँ- नेकपा एमालेकी नेतृ एवं संसदीय दलकी सचेतक शान्ता चाैधरीले पार्टी फुटाएर मन्त्री बनेकाहरुलाई व्यंग्यात्मक शैलीमा बधाई दिएकी छिन् ।

सामाजिक सञ्जाल मार्फत उनले मन्त्रिपरिषदमा थारू समूदाय निल भएकोमा चिन्ता समेत प्रकट गरेकी छन् ।

नेतृ चौधरीले कसैको नाम उल्लेख नगरे पनि पार्टी फुटाएर नेकपा (एकीकृत समाजवादी) पार्टीबाट मन्त्री बनेकाहरु रामकुमार झाँक्री लगायतप्रति लक्षित गर्दै  रहर पूरा गरेको भन्दै बधाई दिएकी छिन ।

उनले भनेकी छिन, ‘पार्टी फोडेर मन्त्री हुने रहर पूरा गर्नेलाइ हार्दिक बधाई । थारु समुदाय निल, आज विभाजनको पक्षमा लागे पनि हिजोदेखि दु:ख गरेकाको मुल्यांकन राम्रैसँग गरिएछ । दलाल पुँजिवादका विरुद्ध लडेर क्रान्ति त राम्रैसँग गर्ने जस्तो देखियो ।’

उनले सामाजिक सञ्जालमा यस्तो लेखेकी छिन्-