समाचार

३९० कोरोना संक्रमित थपिए, ५ को मृत्यु

By खबरहब

November 08, 2021

काठमाडौ‌–नेपालमा पछिल्लो २४ घण्टामा ३९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको २ हजार ६०६ जनाको पीसीआर परीक्षणमा ३७१ र २४२० जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १९ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट ४२५ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

निको हुने दर ९७ दशमलब ७ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।