फाइल फोटो

राजनीति

सत्तारूढ दलको बैठक बालुवाटारमा, सर्वोच्चको विवाद पनि छलफलमा

By खबरहब

November 08, 2021

काठमाडौँ-  सत्तारुढ गठबन्धनको शीर्ष नेताको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ ।

साँझ ५ बजेदेखि बसेको बैठकमा विभिन्न मुलुकमा रिक्त राजदूत नियुक्तिसहित सर्वोच्च अदालतमा  प्रधानन्यायाधीशविरूद्ध चलिरहेको न्यायाधीशहरूको आन्दोलनबारे पनि छलफल भइरहेको एक नेताले जानकारी दिए ।

बैठकमा सत्तारुढ नेपाली कांग्रेससहित माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) पार्टी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरु सहभागी छन् ।