समाचार

नेपाली भाषी क्षेत्रीले पाए भारतको प्रतिष्ठित ‘पद्मश्री पुरस्कार’

By खबरहब

November 08, 2021

काठमाडौँ- नेपाली भाषी लीलबहादुर क्षेत्री भारतको प्रतिष्ठित ‘पद्मश्री पुरस्कार’ बाट सम्मानित भएका छन् ।

नयाँ दिल्लीस्थित राष्टपति भवनमा सोमबार भारतीय राष्ट्रपति रामनाथले भारतको आसममा बस्दै आएका क्षेत्रीलाई पद्मश्री पुरस्कारबाट सम्मानित गरेका हुन् ।

प्रत्येक वर्ष गणतन्त्र दिवसको अवसरमा प्रदान गरिने यो पुरस्कार अघिल्लो वर्ष भारतमा बढेको कोरोना भाइरसको महामारीका कारण वितरण गरिएको थिएन ।

अघिल्लो र यस वर्षका पुरस्कार सोमबार दिल्लीमा आयोजित विशेष समारोहमा राष्ट्रपति कोबिन्दले पद्मश्री पुरस्कार प्रदान गरेका हुन् ।

साहित्यकार क्षेत्रीले लेखेको ‘बसाइँ’ सर्वाधिक चर्चित कृति हो।  यो उनको पहिलो उपन्यास हो ।