अन्तर्राष्ट्रिय

भारतीय सेनाध्यक्षको हेलिकोप्टर दुर्घटना : ५ जनाको मृत्यु, सेनाध्यक्षबारे खबर अज्ञात (भिडियो)

By खबरहब

December 08, 2021

एजेन्सी– भारतीय सेनाध्यक्ष (चीफ अफ डिफेन्स स्टाफ) जर्नेल विपिन रावत चढेको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ । सो दुर्घटनामा ५ जनाको मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ । उच्च सरकारी स्रोतको हवला दिँदै बीबीसीले दुईजना गम्भीर घाइते भएको उल्लेख गरेको छ ।

तर, रावतको अवस्थाबारे भने केही उल्लेख गरिएको छैन । रक्षामन्त्री राजनाथ सिंहले जर्नेल रावतका परिवारसँग भेट गरेका छन् ।

रावत र उनकी पत्नीसहित १४ जना सवार भारतीय सेनाको एमआई सिरिज हेलिकप्टर तमिलनाडुको कुन्नुरस्थित घना जंगलमा खराब मौसमका कारण दुर्घटना भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

वेलिंगटनस्थित आर्म्ड फोर्सेज कलेजमा लेक्चर दिएर फर्किँदै गर्दा रावत चढेको हेलिकोप्टर कुन्नुरमा दुर्घटनामा परेको हो । रावत कुन्नुर हुँदै दिल्ली फर्किने कार्यक्रम थियो ।

घटनास्थलबाट तीन जनाको उद्धार गरेर अस्पताल लगिएको छ । केही शव जलेको अवस्था फेला परेको र अन्यको खोजी चलिरहेको छ । उद्धारका लागि वायुसेनाको टुकुडी, प्रहरी र स्थानीय खटिएका छन् । दुर्घटनामा परेका रक्षा प्रमुख रावतको अवस्था अज्ञात छ ।

इण्डियन एयर फोर्सले दुर्घटनाको जाँच गर्न अधिकारीहरुलाई निर्देशन दिएको ट्वीटरमार्फत जनाएको छ ।