राजनीति

पौडेलले भने– नमिल्ने हो भने म राजनीतिबाट सन्यास लिन्छु

By खबरहब

December 08, 2021

काठमाडौँ– सबै मिलेर आए सभापतिको दाबी छाड्न तयार भएका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू पनि नमिल्ने र अरुलाई पनि नछोड्ने हो भने राजनीतिबाटै सन्यास लिने बताएका छन् ।

साझा उम्मेदवार तय गर्न बुधबार चाक्सीबारीमा बसेको बैठकमा आफू पनि नमिल्ने र अरुलाई पनि नछोड्ने भए राजनीतिबाट नै सन्यास लिएर घरमा बस्ने पौडेलले बताएको नेपाली कांग्रेसका वरिष्ठ नेता डा रामशरण महतले जानकारी दिए।

संस्थापनइतर समूहले आज पनि पार्टी सभापतिका लागि साझा उम्मेदवार बनाउन अझै बनाउन सकेको छैन ।

साझा सभापति चयन गर्न पौडेल पक्षधर समूहले विहान बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्ड र दिउँसो प्रकाशमान सिंहको निवास चाक्सीबारीमा छलफल गरेको थियो । तर आजको बैठक निष्कर्षविहीन बनेको छ । सहमतिका लागि भोलि बिहान पुनः बैठक बस्ने जनाइएको छ ।