राजनीति

२८ गते संसद भवन घेराउ गर्ने तयारी

By खबरहब

December 08, 2021

काठमाडौँ– यही मंसिर २८ गते बस्ने संसद बैठकमा एमसीसी अनुमोदनको तयारी भएको भन्दै ६ दलीय गठबन्धनले सो दिन संसद भवन घेराउ गर्ने तयारी गरेको छ । २८ गतेका लागि संसदको अधिवेशन आह्वान गरिएको छ ।

मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) को नेतृत्वमा रहेको ६ दलीय गठबन्धनको बुधबार बसेको बैठकले संसद भवन घेराउ गर्ने निर्णय गरेको हो । गठबन्धनले २७ गते एमसीए नेपालको कार्यालय घेराउ गर्ने कार्यक्रम पनि तय गरेको छ ।

६ दलीय गठबन्धनमा मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालगायतका दल रहेका छन् ।