रोचक/विचित्र संसार

बिहेको दिन अर्कै बेहुलीको मण्डप पुगेपछि…

By खबरहब

May 09, 2021

आफ्नो विवाहको दिन हरेक व्यक्ति उत्सुक हुन्छन् । नयाँ व्यक्तिसंग गासिएको सम्बन्धपछि उनैको साथमा पुरै जीवन बिताउने भएकाले पनि विवाह उत्सुकमय हुन्छ । तर कुनै बेहुलाले आफ्नी बेहुलीको सट्टा अरु नै बेहुलीसंग विवाह गर्न विवाह मण्डप पुग्छन् होला ?

इण्डोनेशियाको सेन्ट्रल जावास्थित मेगलैंगमा एक विवाह समारोहमा गूगल म्यापको प्रयोग गर्दा एक बेहुला आफ्नी बेहुलीको सट्टा अर्की बेहुली समक्ष पुगेका छन् । ट्रिब्यूनन्यूज डट कमका अनुसार एक बेहुला आफ्नो विवाह हुने दुलहीको समारोह स्थलको सट्टा अर्की बेहुलीकोमा पुगे ।

विवाहमा जादाँ बेहुलाले गूगल म्याप पछ्याउदै जादाँ अरु कसैको विवाह स्थानमा पुगे । तर त्यहा विवाहको तयारी भने थिएन । विवाहअघि इन्गेजमेन्ट गर्ने कार्यक्रम भएकाले त्यसैको पार्टी भइरहेको थियो । जहाँ यी बेहुला पुग्नासाथ बेहुलीका परिवारसंग हात मिलाए र विवाह स्थलमा तयार पारेको कुर्सीमा समेत बसे । त्यस इन्गेजमेन्टमा पुग्नु पर्ने बेहुला ढिला हुदाँ र अर्का बेहुला त्यहा पुग्दा बेहुलीका परिवारलाई उनीहरु नै इन्गेजमेन्टमा आएको ठाने ।

भिडियो हेर्नुहोस्

 

View this post on Instagram

 

A post shared by www.borobudurnews.com (@borobudurnews)

बिहे गर्न पुगेका बेहुला इन्गेजमेन्टको कार्यक्रममा केहिबेर कुरे । किनभने त्यहाकी बेहुली मेकअप गर्दै थिइन् । तर जब इन्गेजमेन्ट गर्ने विधि अनुसार उनी तयारीका साथ आइन् तब भने त्यहा ठुलो हंगामा भयो । ति बेहुलीले ति आफ्नो बेहुला नभएको बताइन् । यसका साथै बेहुलाले पनि आफुहरु गल्तीका कारण त्यहा पुगेको भन्दै माफि माग्दै त्यहाबाट गए । यसबारे त्यहाकी बेहुली उल्फाले बताए अनुसार उनको र अर्की बेहुलीको विवाह स्थल नजिकै भएकोले बेहुला झुक्किएर त्यहा आइपुगे । यस बिषयमा भने बेहुलाले आफुलाई सार्वजनिक नगर्न आग्रह गरेका थिए ।