रोचक/विचित्र संसार

स्यानिटाइर प्रयोग गर्दाको असाबधानीले कारमा लाग्यो आगो ! (भिडियोसहित)

By खबरहब

July 09, 2021

कार बाहिरी मौसम र अन्य धेरै सुरक्षा जोखिमको दृष्टिकोणले सुरक्षित मानिन्छ । तर केही समय पहिले अमेरीकामा चलाउँदा चलाउँदको कारभित्र आगो लागेको घटना सामाजिक सञ्जालमा भाइरल बन्यो ।

एक कार चालक कार चलाउँदा कारभित्रै चुरोट सेवन गरीरहेका थिए । यतिकैमा उनले हातमा स्यानिटाइजर स्प्रे गरे । स्यानिटाइजर प्रयोग गरेलगत्तै अचानक कारमा आगलागी भयो । जसलाई निभाउन दमकद बोलाउनु परेको थियो ।

अमेरीकाको रकभिला शपिंग सेन्टरमा बनेको पार्किङमा कार भित्र भीषण आगलागी भएको हो । दमकलले आगो निभाए पनि कार भने नष्ट भएको छ ।

भिडियो हेर्नुहोस्

ICYMI (~530p) vehicle fire at Federal Plaza, 12200blk Rockville Pike, near Trader Joe’s & Silver Diner, @mcfrs PE723, M723, AT723 & FM722 were on scene (news helicopter video) pic.twitter.com/TeAynaGsgp

— Pete Piringer (@mcfrsPIO) May 13, 2021

चालकले आफ्नो हातमा स्यानिटाइज लगाउदाँ उनको मुखमा रहेको चुरोटको अगाँर खसेर स्यानिटाइजरमा आगो सल्कियो र भिषण आगलागी हुन पुग्यो ।

दुर्घटनामा चालक भने सामान्य घाइते बनेका छन् । उनको तत्काल उपचार भएको थियो ।