जोक्स

चुट्किला : धोवीको गधा

By खबरहब

October 09, 2021

एक धोवीले छिमेकीलाई आफ्नो दुःख पोख्दै भनेछ— यार मेरो गधाले हरियो घाँस खाने आदत भएर सुकेको घाँस त खाँदैखाँदैन । के गर्ने होला ?

छिमेकीले हत्त न पत्त भनेछ— धेरै सजिलो छ । मेरो भैंसीले पनि सुकेको घाँस खाँदैनथ्यो मैले त हरियो चश्मा लगाइदिएको खान थाल्यो ।

दोस्रो दिन धोवीको हातखुट्टामा प्लाष्टर गरेको देखेर छिमेकीले धोवीलाई सोधेछ— के भयो ?

धोवीले भनेछ— के गर्ने यार गधालाई हरियो चश्मा लगाइदिँदै थिएँ । गधाले दुई लात्ती हान्यो । भन्यो— मलाई भैँसी सम्झिस् कि क्या हो ?

साभार : हँसाउने चुट्किलापुस्तकबाट