क्रिकेट

ईपीएलको उपाधिका लागि चितवन र पोखरा भिड्दै

By खबरहब

October 09, 2021

काठमाडौँ- चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटको उपाधि भिडन्त आज हुँदैछ ।

त्रिवि क्रिकेट मैदानमा मध्याह्न १२:१५ मा हुने फाइनल खेलमा चितवन टाइगर्स र पोखरा राइनोज प्रतिस्पर्धा गर्दैछन् । दुबै टोली पहिलो पटक ईपीएलको उपाधि जित्न चाहान्छन् ।