दशैँमा खसी किन्दा ध्यान दिनुपर्ने कुरा

By खबरहब

October 09, 2021

नेपालीहरूको महान चाड वडादशैँ शुरु भएको छ । दशैँको विशेषता भनेको मासुका बिभिन्न व्यञ्जनको खानपान हो । यसकालागी मानिसले गच्छे अनुसार खसी, बोका, कुखुरा किन्ने गर्दछन् ।

खसी, बोका किन्दा मन लागे अनुसारको बजेटमा नपाउने हुन्छ । अर्थात खसी, बोका किन्दा मुख्य समस्या भनेको मूल्यमा पर्दछ । मंहगो मुल्यमा कम वजनको खसी मात्र पाइन्छ । जो कसैले किन्न चाहादैँन । तथापी कस्तो खसी किन्ने त ?

खसी किन्दा ध्यान दिनुपर्ने कुरा: खसी किन्दा डम्म पेट भएको देखेर त्यसलाई राम्रो मानेर नकिन्नुहोला । चाँडबाडमा खसी बोका मोटाघाटा देखाउन प्रशस्त अन्न, पानी ख्वाएर बजारमा बेच्न ल्याइएको हुन सक्छ । यस्तोमा तौल अनुसार खसीको मुल्य पर्ने भएकाले बिक्रेताले किलो अनुसार मोल भाउ गर्दछन् ।

त्यस्तै खसी बोका किनेर घरमा ल्याएपछि आजभोली नै काट्ने हो भने त्यसलाई ठिक्क अन्न र पानी दिएर राखे त्यसको जिउमा लादी पनि कम हुन्छ । साथै आन्द्रा भुँडी सफा गर्न कम झन्झटिलो हुन्छ । तर किनेर ल्याएको खसी बोका भोकै भने राख्नु हुदैँन ।