जीवनशैली

पिसाब पोल्ने समस्या कम गर्ने घरेलु उपाय

By खबरहब

October 09, 2021

सामान्यतया कम पानी पिउने मानिसमा पिसाब पोल्ने समस्या बढि हुने गर्दछ । यो समस्या बच्चा, वृद्ध सबैमा हुन सक्छ । यो समस्या केही दिनमा आफै ठिक हुन्छ भने कहिलेकाहीँ लामो समयसम्म पनि हुन सक्छ ।

पिसाब पोल्ने समस्या गर्मी मौसमा बढि हुन्छ । यस अलावा शरीरलाई आवश्यक पानीको मात्रा कम भएर वा लामो समय सम्म पिसाब रोक्नाले पनि पिसाब पोल्ने हुन सक्छ । यसका साथै मुत्र नलीको संक्रमण, मृर्गौलामा पत्थरी, शरीरमा पानीको कमी, अल्सर, गर्भवतीको समयमा स्नायु तथा ढाडको हड्डी क्षतिग्रस्त हुनु, मधुमेह, तथा मूत्रनली खुम्चिनु लगायतका कारणले पनि पिसाब पोल्न सक्छ ।

पिसाब पोल्ने समस्या कम गर्ने घरेलु उपायः – प्रशस्त पानी वा झोलिलो पदार्थ पिउने । – दैनिक १ गिलास गाँजरको रस पिउने । – फोहोर शौचालयको प्रयोग नगर्ने । – बोटैमा पाकेको अर्गानिक फल खाने । – अमला, हर्रो बर्रो एक गिलास पानीमा भिजाइ बिहान–बिहान सेवन गर्ने । – मेथीको साग खाने – अमिलो फलफूल जस्तै कागती, सुन्तला जस्ता फलफूल खाने । – सरसफाइमा विशेष ध्यान दिने । – कटन वा सुतिको कपडाको अण्डरवेयरको प्रयोग गर्ने । विभिन्न एजेन्सीको सहयोगमा