मनोरञ्जन

‘सत्यम’मा पलको जोडी मलिका

By खबरहब

October 09, 2021

काठमाडौं–अभिनेत्री तथा मोडल मलिका महत फिल्म ‘सत्यम’मा अनुबन्धित भएकी छन् । अभिनेता राजेश हमालको मुख्य भूमिका रहने फिल्ममा मलिकाले अभिनेता पलसँग अनस्क्रिन रोमान्स गर्नेछिन् । यो जोडी गीत ‘फूलबुट्टे सारी’को भिडियोमा रुचाइएका जोडी हुन् ।

फिल्म ‘यात्रा’ बाट अभिनेत्रीको रुपमा ‘डेब्यू’ गरेकी मलिकाले प्रदर्शोन्मुख फिल्म ‘पानीफोटो’ मा पनि अभिनय गरेकी छन् ।

शंकर कार्कीको निर्देशनमा बन्न लागेको ‘सत्यम’मा अनुपविक्रम शाही, अभय बराल, कृष्ण जोशीको पनि अभिनय रहनेछ । यो फिल्ममा अभिनेता हमालको चार फरक लुक्स दर्शकले हेर्न पाउनेछन् ।

नवयुग सिनेमाको प्रस्तुतीमा फिल्ममा रेशम सापकोटाको निर्माण र लेखन, गणेश पौडेल एशोसियट निर्माता, श्याम मल्ल र कृष्ण जोशी सह–निर्माता, रेशम गौतम, सुबास भुर्तेल र कृष्ण अधिकारी लाइन प्रोड्युसर, योगेश काजीको संगीत, कुटुम्ब ब्याण्डको शिर्ष गीत र ब्याकराउण्ड म्युजिक, गणेश पौडेलको सह–संगीत, रेशम सापकोटा र बिष्णु निरिशको शब्द, अन्जु पन्त, योगेश काजी, समिक्षा अधिकारी, गणेश पौडेल र राजु महर्जनको गीतमा स्वर सुन्न सकिनेछ । फिल्मको डिओपीमा विदुर पाण्डे ‘नवीन’ छन् ।

आउँदो तिहारपछि माथिल्लो मनाङ, मुस्ताङ, पोखरा र काठमाडौंमा छायांकन हुने फिल्मको इनडोरका महत्वपूर्ण दृश्यहरु पोखरामा निर्माण गरिएको सेटमा छायांकन हुनेछ ।