समाचार

भत्ता पाएपछि दशैँको तयारीमा जुट्यो राउटे समुदाय

By खबरहब

October 09, 2021

सुर्खेत– जंगलमा फिरन्ते जीवन विताउँदै आएका राउटे समुदायले दशैँको बेला सरकारले दिने नियमित भत्ता पाउँदा खुसी भएका छन् । सरकारी भत्ताले यो समुदायको दशैँ टर्ने भएको छ ।

फिरन्ते राउटे समुदाय दशैँमा सल्यानको बनगाड कुपिण्डे नगरपालिका घाटगाउँमा बस्ने भएको छ ।

दशैँ राउटेहरूको सबैभन्दा ठुलो र महत्वपूर्ण पर्व हो । राउटे संस्कृतिमा दशैँका लागि औँशी अघि नै छाप्रोमा खशी भित्राइसक्नु पर्ने चलन छ । भत्ता पाएसँगै कतिपयले दशैँका लागि खसी किनिसकेका छन् ।