समाचार

७६० कोरोना संक्रमित थपिए, ११ को मृत्यु

By खबरहब

October 09, 2021

काठमाडौं–नेपालमा पछिल्लो २४ घण्टामा ७६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ६ हजार १६८ जनाको पीसीआर परीक्षणमा ६३६ र ५ हजार ८६३ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १२४ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट ८९९ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

निको हुने दर ९६ दशमलब ७ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।