फाइल फोटो

अन्तर्राष्ट्रिय

भारतमा थपिए ७ हजार ८४१ संक्रमित,  ९ हजार ७४९ जना निको

By खबरहब

November 09, 2021

काठमाडौँ– भारतमा पछिल्लो २४ घण्टामा ७ हजार ८४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ४३ लाख ७४ हजार ४५५ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा भारतमा ९ हजार ७४९ जना निको भएका छन् । यो समाचार तयार पार्दासम्म भारतमा १ लाख ४९ हजार ८७१ जना सक्रिय संक्रमित छन् ।

यस्तै त्यहाँ एकैदिन ३०४ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ६१ हजार ३४७ पुगेको छ ।