अन्तर्राष्ट्रिय

पोल्यान्डको सिमानामा आप्रवासीलाई अवरोध

By खबरहब

November 09, 2021

एजेन्सी- पोल्यान्डको सीमामा सयौँ आप्रवासीलाई अवरोध गरिएको छ ।

बेलारुससँगको पूर्वी सिमानामा जम्मा भएका सयौं आप्रवासीलाई पोल्यान्डले प्रवेशमा रोक लगाएको हो ।

तस्वीर : बीबीसी

बेलारुसले आप्रवासीलाई आफ्नो मुलुक प्रवेशमा बाध्य पारेको आरोप  लगाउँदै  पोल्यान्डले उनीहरुलाई  सीमा मै रोकेको बीबीसीले जनाएको छ ।

बेलारूसको उक्त कदम आपराधिक भएको आरोप लगाउँदै पोल्यान्ड सरकारले सीमा क्षेत्रमा १२ हजार सेना परिचालन गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।