फाइल तस्बिर- पीटीआई

अन्तर्राष्ट्रिय

अफगानिस्तान सम्बन्धी भारतले बोलाएको सुरक्षा बैठक भोलिदेखि

By खबरहब

November 09, 2021

काठमाडौँ– अफगानिस्तानका विषयमा छलफल गर्न भारतले बोलाएको सुरक्षा सम्मेलन भोलिदेखि दिल्लीमा शुरु हुनेछ ।

बैठकमा सहभागी हुन रुस, इरान र मध्य एसियाका पाँच देशका प्रतिनिधि दिल्ली पुग्दैछन् ।

बैठकमा चीन र पाकिस्तानले सहभागी हुन अस्वीकार गरेका छन् । दुई देशको अस्वीकारकाबीच दिल्लीमा दुई दिन चल्ने बैठकले अफगानिस्तानको सुरक्षा चासोका विषयमा छलफल गर्नेछन् ।

अफगानिस्तानमा तालिबानको शासन शुरू भएपछि भविष्यको चिन्ता गर्दै भारतले विभिन्न पहल थालेको छ ।

त्यसैक्रममा दिल्लीमा आठवटा देशको दुईदिने बैठक बोलाइएको हो । अमेरिकाले अफगानिस्तानबाट सैनिकहरू फिर्ता बोलाउनका लागि तालिबानसँग कुराकानी शुरू गरेदेखि नै भारतलाई एक्ल्याइरहेको थियो ।

अहिले अफगानिस्तानमा मानवताविरोधी गतिविधिहरू बढिरहेकाले भारतको चिन्ता बढेको छ । त्यसैले अफगानिस्तानको भविष्यका विषयमा चर्चा गर्ने सबै अवसर भारतले छोपिरहेको छ ।