काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै ३१ देखि ४० उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३१ देखि ४० वर्ष उमेर समूहका सबैभन्दा धेरै ११२ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण : ०–१० वर्ष –९
११–२० वर्ष –२२
२१–३० वर्ष – ९८
३१–४० वर्ष – ११२
४१–५० वर्ष – ६७
५१–६० वर्ष – ४८
६१–७० वर्ष –४६
७१–८० वर्ष – २९
८० वर्षभन्दा माथि –११
अज्ञात– १