समाचार

भारतमा प्रधानसेनापति प्रभुराम शर्माको स्वागत (फोटोफिचर)

By खबरहब

November 09, 2021

काठमाडौँ– प्रधानसेनापति प्रभुराम शर्मा र भारतीय सेनाप्रमुख एम एम नरवाणेबीच भेटवार्ता भएको छ । नयाँ दिल्लीस्थित भारतको सैनिक मुख्यालयमा उनीहरुबीच भेटवार्ता भएको हो ।

भेटका क्रममा दुई देशबीचको सैन्य सम्बन्ध सुदृढ बनाउनेबारे कुराकानी भएको बुझिएको छ । भारतीय सेनाका अनुसार प्रतिरक्षा सहयोग सुदृढ बनाउनेबारे दुवै देशका सेनापतिले छलफल गरेका छन् ।

सेनापति शर्माले नरवाणेलाई मायाको चिनो प्रदान गरेका थिए । नरवाणेले पनि शर्मालाई चिनो प्रदान गरे ।

उनलाई साउथ ब्लकमा गार्ड अफ अनर दिइएको छ । भारतीय सेनाका सेनापति नरवाणेले शर्मालाई साउथ ब्लकमा स्वागत गरेका थिए ।

तस्वीर: भारतीय सेनाको ट्वीटबाट