राजनीति

कांग्रेसको संस्थापन इतर समूहको बैठक बिहान ८ बस्दै

By खबरहब

December 09, 2021

काठमाडौँ – नेपाली कांग्रेसको संस्थापन इतर समूहको सभापतिको साझा उम्मेदवार तय गर्न आज बिहीबार बिहान ८ बजे बैठक बस्दैछ ।

हिजो साँझ बसेको बैठक विना निष्कर्ष सकिएपछि कांग्रेस नेता गुरुराज घिमिरेले आज बिहान ८ बजे केन्द्रीय समितिका सदस्यहरु बसेर साझा उम्मेदवार चयन गर्ने बताएका थिए ।

कांग्रेस नेता डा रामशरण महतले भने अधिकांश नेताहरुको मिलेर साझा उम्मेदवार चयन गर्नुपर्छ भन्ने रहेको भन्दै आज बेलुकासम्म साझा उम्मेदवार चयन हुने बताएका छन् ।

कांग्रेसको संस्थापन इतर समूहमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशाङ्क कोइराला, पूर्वमहामन्त्री सिंह र नेता डा शेखर कोइराला सभापतिको आकाङ्क्षी छन् । तर शशाङ्कले साझा उम्मेदवार भए आफू पछि हट्न तयार रहेको बताएका छन् ।