राजनीति

महामन्त्रीका उम्मेदवार गगन थापाले आज अवधारणापत्र सार्वजनिक गर्दै

By खबरहब

December 09, 2021

काठमाडौँ – नेपाली कांग्रेसको महामन्त्री पदका उम्मेदवार गगनकुमार थापाले आज बिहीबार अवधारणापत्र सार्वजनिक गर्ने भएका छन् ।

उनले आज दिउँसो ३ बजे नेपाल प्रज्ञा प्रतिष्ठानमा ‘समुन्नत नेपाल: सम्मानित नेपाली’संकल्पसहितको अवधारणापत्र सार्वजनिक गर्न लागेका हुन् ।

‘समुन्नत नेपाल: सम्मानित नेपाली’ संकल्प पूरा गर्न सक्ने पार्टी बनाउन कांग्रेसको पुनर्जागरण र रुपान्तरणका लागि मेरो अवधारणा सार्वजनिक गरिने कार्यक्रममा तपाईंको गरिमामय उपस्थिति एवं सल्लाह सुझावको अपेक्षा गरेको छु,’ थापाले भनेका छन् ।

भोलि सुरु हुने कांग्रेस महाधिवेशनमा थापाले महामन्त्रीमा उम्मेदवारी दिँदैछन् ।