काठमाडौँ – देशभरको मौसम सामान्यतया सफा रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज दिउँसो प्रदेश १ को पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । पहाडी भूभागमा पनि आंशिक बदली भइरहेको महाशाखाले जनाएको छ ।
राति प्रदेश १ र २ का एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । भोलि शुक्रबार पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जानकारी दिएको छ ।
साथै देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्ने आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन महाशाखाले अनुरोधसमेत गरेको छ।
आज बिहान काठमाडौँको न्यूनतम तापक्रम ६ दशमलव ८ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम २२ देखि २४ डिग्री सेल्सियस रहने अनुमान गरिएको छ ।
हेर्नुहोस् आगामी तीन दिनको मौसम पूर्वानुमान