राजनीति

डमोक्रेसी समिटमा प्रधानमन्त्री देउवाको भर्चुल सम्बोधन, नेपालको लोकतान्त्रिक यात्राबारे चर्चा

By खबरहब

December 09, 2021

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले विहीबार अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गरेको डेमोक्रेसी समिटलाई भर्चुअल सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा प्रधानमन्त्री देउवाले नेपालको लोकतान्त्रिक यात्राबारे चर्चा गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार सम्बोधनका क्रममा प्रधानमन्त्री देउवाले शान्ति प्रक्रियाको सफलता वार्ताकै माध्यमबाट भएको भन्दै अन्तर्राष्ट्रिय समूदायलाई नेपालले उदाहरणीय सफता प्राप्त गरेको बताएका थिए । जननिर्वाचित संविधानसभाबाट संविधान बन्नु लोकतान्त्रिक यात्राको सबैभन्दा महत्वपूर्ण उपलब्धि भएको भन्दै देउवाले समावेशी लोकतन्त्रमा नेपालले विश्व समूदायको माझमा उदाहारण पेस गरेको बताए ।

महिला सशक्तीकरण, राज्यका रहेक निकायमा समावेशी संरचनालगायत नेपालको लोकतन्त्रका उपलब्धि भएको देउवाले चर्चा गरेका थिए ।

देउवाले समिटको प्लेनरी सेसनमा रेकर्डेड भिडियो सन्देशसमेत पठाएका थिए ।