पर्यटन

राष्ट्रिय एकीकरण मार्गलाई पर्यटनमार्फत समृद्धिसँग जोड्न स्थानीयको माग

By खबरहब

January 10, 2021

काठमाडौँ- राष्ट्रिय एकीकरण मार्गलाई पर्यटनका माध्यमबाट मुलुुकको आर्थिक समृद्धिसँग जोड्न माग गरिएको छ ।

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्ने क्रममा गोरखादेखि काठमाडौँसम्म ओहोरदोहोर गरेका बाटामा गत वर्षदेखि नेपाली सेनाले पदयात्रा गर्दै आएको छ ।

ककनीकी रेनुुका लामा रुम्बा भन्छन्, “नेपालको गौरवपूूर्ण इतिहास जोडिएको एकीकरण मार्गलाई पर्यटन पदमार्गका रुपमा विकास गरी आर्थिक समृद्धिसँग जोड्ने विभिन्न कार्यक्रम सञ्चालन गर्न आवश्यक छ ।”

एकीकरण मार्गमा सेनाले पदयात्रा सञ्चालन गरेकामा खुशी व्यक्त गर्दै उनले भने, “विगतमा सुनेको विषय अहिले सेनाका कारण प्रत्यक्ष देख्न पाइयो, पृथ्वीनारायणले नेपाललाई एकीकरण गर्नुुभएको हो, उहाँ एकीकरणका नायक हुनुुहुन्छ, हामीले इतिहासलाई संरक्षण गर्नुपर्छ, ऐतिहासिक चिज वस्तुलाई जोगाउनुपर्छ । शालिक तोडफोड गर्नु गल्ती हो ।”

ककनी गाउँपालिका–५ आज बिहान नेपाली सेनाको जबरजङ्ग गणले शम्शेरदल गणका गणपति प्रमुख सेनानी उमेश श्रेष्ठलाई गोरखा दरबारदेखि ल्याइएको राष्ट्रिय एकताको प्रतीक नेपालको राष्ट्रिय झण्डा र एकीकरण ज्योति हस्तान्तरण गरेको थियो ।

सो अवसरमा दुवै गणका टोलीले सो अवसरमा बाजागाजासहित नाचगान गरी गरेको हर्ष बढाइँमा स्थानीयवासीले साथ दिएका थिए । सो अवसरमा गणपति श्रेष्ठले भने, “हाम्रा पुर्खाको योगदानलाई जीवन्त तुल्याउन एकता दिवसका अवसरमा एकीकरण मार्गमा पदयात्रा सञ्चालन गरिएकामा स्थानीयवासीबाट कोरोनाको महामारीका बीचमा पनि अत्यन्तै उत्साह र हौसला प्रदान भएको छ ।”

स्थानीयवासी जीवनलाल तामाङले पृथ्वीनारायणले जसरी ससाना राज्यलाई एकीकरण गरेर गरी सबल र बलियो राष्ट्र बनाएको थियो, त्यसरी नै आज राजनीतिक दलले एकताबद्ध भएर मुलुकलाई समृद्धितर्फ लैजानुुपर्छ भने ।

उक्त सैनिक पदयात्रा टोलीलाई काठमाडौँको तारकेश्वर नगरपालिका–३ पाँचमानेगढीमा जनप्रतिनिधि र स्थानीयवासीले अक्षता, माला र खादालगाएर स्वागत अभिवादन गरेका थिए ।

सो अवसरमा त्यहाँका महिलाको नेतृत्वमा रहेको लोकसंस्कृति नौमती बाजा समूहले हर्षोल्लासका साथ टोलीलाई स्वागत अभिवादन महिला गर्नाका साथै टोलीसँग निकै खुुशीयालीका साथ लोकनृत्य प्रस्तुत गरेको थियो ।

उक्त बाजा टोलीका सदस्य गीता क्षेत्रीले भने, “शुुभ कार्य र पाहुनालाई बाजा बजाएर स्वागत गर्ने पहिलेदेखि रही आएको परम्परा र चालचलनअनुुसार हामीले खुशी भएर स्वागत गरेका हौँ, पृथ्वीनारायणको योगदानकै कारण हामीले नेपाली भएर गौरव गर्न पाएका छौँ ।”

उनको योगदानको प्रचारप्रसार गर्नाको साटो शालिक तोडफोड गर्ने र पिता-पुर्खालाई होच्याउने ढङ्गबाट हामीले प्रस्तुत हुन नहुने बताउँदै उनले भने, “सबै देशभक्तले राष्ट्रनिर्माताको योगदानलाई सम्मान गरौँ ।”

स्थानीयवासी रुद्रप्रसाद घिमिरेले भने, “पृथ्वीनारायण शाले नेपाललाई एक सूत्रमा बाँधेकाले उहाँ हामी सबैका पूजनीय हुनुहुन्छ।”

स्थानीयवासी उत्तम गजुरेलले भने, “इतिहासलाई मेटाउने काम कसैले गर्नुहुन्न । आन्दोलनका क्रममा कैयौँ युवाले नबुझेर शालिक तोडफोड गरेका हुुन सक्छन्, त्यो गल्ती हो ।”

दुई सय ९९औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा मङ्गलबार शुरु भएको गोरखा–काठमाडौँ एकीकरण मार्ग पदयात्रा आज साँझ हनुमानढोका दरबार आइपुग्दैछ । सेनाको पहिलो पटक गठन भएका पाँच युनिटका झण्डा लिएर पदयात्रामा निस्केको उक्त टोली गोरखा, धादिङ र नुवाकोटका विभिन्न स्थानमा स्थानीयवासीसँग लोकनृत्य, छलफल र अन्तरक्रिया गर्दै काठमाडौँ उपत्यका प्रवेश गरेको हो ।

हनुमानढोकामा पदयात्रा टोलीलाई स्थानीय निकायका प्रतिनिधि, गुठी, क्लब, सर्वसाधारणलगायतले स्वागत गर्ने र त्यसपछि त्यहाँ तैनाथ शार्दुलजंङ्ग गुल्मलाई झण्डा हस्तान्तरण गर्नेछ । राष्ट्रनिर्माता पृथ्वीनारायण नेपालको परिचय र पहिचान भएको र

उनले त्यसबेला राज्य सञ्चालनका क्रममा भनेको विषय अहिले पनि उत्तिकै सान्दर्भिक छन् ।

वि.सं ११७९ पुुस २७ गते गोरखामा जन्मनुुभएका पृथ्वीनारायणको योगदानलाई कदर गर्न उनको तस्वीराङ्कित मुुद्रा निकाल्न र राष्ट्रिय एकता दिवसका दिन राष्ट्रिय बिदाको घोषणा गर्न आवाज उठ्दै आएको छ ।