धर्म / संस्कृति

कम्मरको कोठीबाट हुन्छ यस्तो संकेत

By खबरहब

March 10, 2021

मानिसको शरीरको रचना जब गर्भमा भइरहेको हुन्छ त्यहि बेला शरीरका अंगमा आउने कोठी समेत बन्ने गर्दछ । तर कोठी देखा पर्न भने समय लाग्छ अर्थात जन्मको केही समयपछि मात्र देखिने गर्दछ ।

यस्तोमा महिलाको शरीरको कतिपय अंगमा हुने कोठीलाई शुभ संकेतका रुपमा ज्योतिष शास्त्रमा मान्ने गरिन्छ ।

साधारणतया महिलाको शरीरका बायाँ अंगमा हुने कोठी शुभ मानिन्छ भने पुरुषको दायाँ अंगमा हुने कोठीलाई शुभ मानिन्छ । ज्योतिष शास्त्रको मान्यता अनुसार कतिपय कोठीका माध्यमले समेत व्यक्तित्व र भाग्य बारे जान्न सकिन्छ ।

ज्योतिषिय मान्यता अनुसार कम्मरमा कोठी हुनु अशान्त मनको सुचक हो । यस्ता व्यक्ति अक्सर मानसिक समस्या र चिन्तामा रहने मान्यता छ । तर महिलाको हकमा भने कम्मरमा कोठी भएमा यस्ता महिला रोमान्टिक हुने मान्यता छ ।

कोठीको आकारलाई समेत ज्योतिष शास्त्रमा महत्वपुर्ण मानिन्छ । ठुलो कोठी भएमा सामान्यतया राम्रो सुचक मानिन्छ । अझ टाउको वा दाइने तर्फ कोठी भएमा यसले ऐश्वर्य र सुख भाग्य दिने प्रतिकको रुपमा मानिन्छ ।

ज्योतिष शास्त्र अनुसार व्यक्तिको शरीरमा १२ भन्दा बढि कोठी हुनु राम्रो मानिदैन ।