राजनीति

संसदमा प्रधानमन्त्री ओलीको सम्बोधन, विश्वासको मत माग (लाईभ)

By खबरहब

May 10, 2021

काठमाडौँ– प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रक्रिया शुरु भएको छ ।

अहिले जारी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रक्रिया शुरु भएको हो ।

विश्वासको मत लिने प्रक्रियाअनुसार सभामुख अग्नि सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोल्नका लागि समय दिएका छन् ।

प्रधानमन्त्रीले प्रस्ताव प्रस्तुत गरेपछि त्यसमाथि सांसदहरुले छलफल गर्ने र मत विभाजनमार्फत् विश्वासको मतको टुंगो लगाउने तयारी छ ।

प्रत्यक्ष प्रशारण