फाइल फोटो

अन्तर्राष्ट्रिय

भारतमा थपिए १७ हजार ९४० संक्रमित

By खबरहब

October 10, 2021

काठमाडौँ– भारतमा पछिल्लो २४ घण्टामा १७ हजार ९४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ३९ लाख ५२ हजार २७५ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा २ लाख ३७ हजार ३५८ जना सक्रिय संक्रमित छन् ।

यस्तै त्यहाँ एकैदिन २१३ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ५० हजार ६२१ पुगेको छ ।