यसरी बनाउन सकिन्छ सिम्पल पोटेटो फ्राई

By खबरहब

October 10, 2021

दैनिक भोजन होस् या नास्ता हरेकमा चलाइने अति आवश्यक चिज आलु प्रायः हामी नेपालीको भान्छामा रहन्छ र बनाउन पनि अति सजिलो छ । एक एकदम सजिलो आलु भुजुरी बनाउने तरिका दिइएको छ ।

चाहिने सामान र बनाउने विधिः

१÷२ किलो आलु एकै साइजको मसिनो भुजुरी गरी काट्नु, नुन, बेसार, मोली १५÷२० मिनेट छोडिदिनु, यसरी राख्दा पानी निक्लन्छ । सो पानी हटाई १÷४ चियाचम्चा कागतीको रस मोली तेलमा थोरै थोरै गरी रातो नभएसम्म फ्राई गर्नु । तयार भयो । यो आलुको भुजुरी १०÷१५ दिनसम्म राखेर खान सकिन्छ ।

साभार सजिलो कुकिङ पुस्तकबाट