खेलकुद

विश्वकप छनोटमा पोल्याण्डको फराकिलो जित

By खबरहब

October 10, 2021

काठमाडौँ- फिफा विश्वकपको युरोपियन क्षेत्रको छनोटमा पोल्याण्डले शानदार जित निकालेको छ ।

शनिबार राति भएको खेलमा पोल्याण्डले सान मारिनोलाई ५-० को फराकिलो अन्तरले हराएको हो ।

पोल्याण्डको जितमा कारोल स्विडेर्स्की, टोमस्ज केडजिरो, एडम बुक्सा र क्रेजिस्टोफ पियाटेकले एक एक गोल गरे । मारिनोका क्रिस्टियन ब्रोल्लीले एक आत्मघाती गोल गरे ।

जितसँगै पोल्याण्डले गोलकिपर लुकास फाबियान्स्कीले अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् ।

३७ वर्षीय गोलकिपर फाबियान्स्कीले पोल्याण्डका लागि ५७ खेल खेल्दै सन्यास लिएका हुन् ।