औषधी/उपचार

मलेरिया ज्वरोमा के गर्ने ?

By खबरहब

October 10, 2021

अत्यधिक गर्मीका कारण तराईमा फैलिने यो ज्वरो लामखुट्टेको टोकाइले आउने गर्छ ।

मलेरियाबाट नै मेनेन्जाइटिस, इन्सिफ्लाइटिस, कालाज्वर आदि अनेक किसिमका ज्वरो आउँछन् । त्यसैले सचेत भई घरपरिवारको वातावरणलाई सफा राखी खानपानमा राम्रो ध्यान दिनुको साथै झुल टाँगेर सुत्ने गर्नुपर्छ । यो रोग लागेमा सर्दी लागेजस्तो हुनु, जीउ जाडोले थर्थर काम्नु, कामज्वरो आउनु, अनुहार फुस्रो हुनुजस्ता लक्षणहरु देखा पर्दछन् । यसका लागि—

१. आँकका कलिला पातहरु चपाउने वा पानीसँग मिलाएर दिनको तीनपटक दुई हप्तासम्म सेवन गर्नाले वा निमको बोक्राको काँडा पानीमा धनिया तथा सुठोको १/१ चम्चा चूर्ण मिलाई दिनको ३ पटक सेवन गर्नाले रातिराती आउने ज्वरो पूर्णरुपमा निको हुन्छ ।

२. महमा पिप्लाचुर्ण मिलाएर केही दिन खानाले मलेरिया ज्वरो नाश हुन्छ ।

साभारः हाम्रो घरको डाक्टर पुस्तकबाट