आर्थिक

बढ्न थाल्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

By खबरहब

October 10, 2021

काठमाडौँ- साताको पहिलो दिन आज नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

गत शुक्रबार प्रतितोला ९० हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासङ्घले जनाएको छ ।

गत शुक्रबारको तुलनामा आज सुनको मूल्य प्रतितोलामा १०० रुपैयाँले बढेको हो । दशैँ लागेसँगै सुनको मूल्य पनि बढ्न थालेको छ ।

महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार २५० रुपैयाँ छ । यस्तै चाँदीको मूल्य पनि बढेको छ ।

गत शुक्रबार प्रतितोला १ हजार १७० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले बढेर प्रतितोला १ हजार १७५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।