फाइल फोटो

राजनीति

विधिको शासनको सुनिश्चितता गर्न प्रधानन्यायाधीशले तत्काल राजीनामा दिनुपर्छ: त्रिपाठी (भिडियोसहित)

By खबरहब

October 10, 2021

काठमाडौँ– वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी विधिको शासनको सुनिश्चितताको लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन् ।

खबरहब विश्लेषणमा वरिष्ठ अधिवक्ता त्रिपाठी प्रधानन्यायाधीशले न्यायीक आचरण विपरीत काम गरेकाले तत्काल राजीनामा दिनुपर्ने माग गरे ।

त्रिपाठीको भनाइ तलको भिडियोमा हेर्नुहोस्

उनले भने, ‘प्रधानन्यायाधीश राणाले निरन्तर न्यायीक आचरण विपरीत क्रियाकलाप गरी कार्यपालिकामा भागबण्डा खोजेकाले, स्वार्थ बाझिँने क्रियाकलाप गर्ने, न्यायीक आचरण विपरीत कार्य गर्ने र न्यायपालिकाको विश्वसनीयतामा अपूरणीय क्षति पुर्‍याउने क्रियाकलाप र प्रवृति देखिएकाले प्रधानन्यायाधीसले तत्काल राजीनामा दिनुपर्छ ।’

संविधानको संरक्षण गर्ने जिम्मेवारी पाएको सर्वोच्च अदालतको नेतृत्व नै लगातार शंकास्पद काममा संलग्न भइरहेको भन्दै वरिष्ठ अधिवक्ता त्रिपाठीले विधिको शासनको सुनिश्चितता, न्यायपालिकाको स्वतन्त्रता, निष्पक्षता, विश्वसनियता र स्वच्छता कायम गर्न प्रधानन्याधीश राणाले तत्काल राजीनामा गर्नुपर्ने उनले बताए ।

अध्यादेशबाट राज्य चलाउन खोज्नु र न्यायपालिकाले समेत भाग खोज्नु लोकतान्त्रिक व्यवस्थाकै उपहास भएकाले प्रधानन्यायाशीले राजीनामा गर्न ढिलाई गर्न नहुँने त्रिपाठीको भनाइ छ ।