फाइल फोटो

आर्थिक

१८ अंकले घट्यो शेयर बजार, साढे ४ अर्बको कारोबार

By खबरहब

October 10, 2021

काठमाडौँ – आज शेयर बजार नेप्से परिसूचक १८ दशमलव ५३ अंकले घटेर २,६६२ दशमलव ५८ को विन्दुमा पुगेको छ ।

आज २२० वटा कम्पनीको ७२ लाख ५१ हजार ७४४ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४९ करोड ८० लाख ४३ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै महिला लघुवित्तको कारोबार भएको छ । लघुवित्तको १८ करोड ९३ लाख ४९ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, जीवन विकास लघुवित्तको १८ करोड ३८ लाख, नेपाल बङ्लादेश बैंकको १५ करोड २७ लाख, हिमालयन डिस्टीलरीको १३ करोड २५ लाख र नविल बैंकको ११ करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै मैलुङ खोला जलविद्युतका लगानीकर्ताले कमाएका छन्।

त्यसैगरी आज सबैभन्दा धेरै शिवम् सिमेन्टका लगानीकर्ताले गुमाएका छन् ।