समाचार

प्रदेश १ कोरोना सङ्क्रमण दर घट्दो, २४ घण्टामा ११० संक्रमित थपिए 

By खबरहब

October 10, 2021

 विराटनगर- पछिल्लो समयमा प्रदेश नं १ मा कोरोना सङ्क्रमण दर घट्दै गएको पाइएको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार गएको २४ घण्टामा ५८८ जनाको पीसीआर परीक्षण गर्दा १०३ र ९७ जनाको एन्टिजेन परीक्षण गर्दा सात जना गरी कूल ११० जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

झापा, मोरङ र सुनसरीमा क्रमशः ४७, ३२ र १५ जना तथा धनकुटा र तेह्रथुममा दुई/दुई, इलाममा एक र प्रदेश बाहिरका चार जनामा सङ्क्रमण देखिएको हो । प्रदेशमा आजै १२४ महिलासहित २११ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।

सङ्क्रमणबाट दुई पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।